१२ असार २०८३, शुक्रबार

तुइनखोलामा ट्रकमाथि ढुंगा खस्यो, नारायणगढ-मुग्लिङ सडक एकतर्फी बन्द

साउन २९, २०८२
काठमाडौं
तुइनखोलामा ट्रकमाथि ढुंगा खस्यो, नारायणगढ-मुग्लिङ सडक एकतर्फी बन्द

नारायणगढ-मुग्लिङ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा एक मालवाहक ट्रक दुर्घटना भएको छ । 

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट केए-४३६८५६ नम्बरको ट्रकमा माथिबाट ढुंगा खसेको हो । उक्त दुर्घटनामा ट्रकका चालक घाइते भएका छन् ।

हाल नाम ठेगाना नखुलेका उनलाई थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । 

बिहीबार दिउँसो करिब साढे १ बजेतिर भएको उक्त घटनापछि नारायणगढ-मुग्लिङ सडक एकतर्फी बन्द भएको छ । 

घटनास्थलमै रहेको ट्रक हटाउनका लागि २ वटा क्रेन पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्