०४ साउन २०८३, सोमबार

ब्रेविसलाई चेन्नई सुपर किङ्सले गोप्य रूपमा बढी पैसा दिएको रविचन्द्रन आश्विनको आरोप

साउन २९, २०८२
काठमाडौं
ब्रेविसलाई चेन्नई सुपर किङ्सले गोप्य रूपमा बढी पैसा दिएको रविचन्द्रन आश्विनको आरोप

चर्चित भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब चेन्नई सुपर किङ्समाथि गम्भीर आरोप लगाएका छन् । 

उनले आईपीएलको पछिल्लो संस्करणमा चेन्नईले डेवाल्ड ब्रेविसलाई गोप्य रूपमा आवश्यकताभन्दा बढी पैसा दिएको आरोप लगाएका हुन् ।

दक्षिण अफ्रिकी खेलाडी डेवाल्ड ब्रेविसले आईपीएलको पछिल्लो संस्करण चेन्नई सुपर किङ्सबाट खेलेका थिए । ‘डेवाल्ड ब्रेविसलाई टोलीमा आबद्ध गर्न गोप्य रूपमा पैसाको लेनदेन गरिएको थियो,’ आश्विनले भनेका छन् ।

आईपीएल–२०२५ मा गुरजपनित सिंह घाइते भएपछि चेन्नईले उनको स्थानमा युवा खेलाडी ब्रेविसलाई टोलीमा आबद्ध गरेको थियो । त्यतिबेला चेन्नईले ब्रेविसका लागि दुई करोड २० लाख भारतीय रूपैयाँ खर्चिएको जनाएको थियो ।

तर, आश्विनले त्योभन्दा निकै बढी रकम गोप्य रूपमा लेनदेन भएको दाबी गरेका छन् । ‘अरु टोली पनि ब्रेविसलाई आबद्ध गर्न चाहन्थे । यसका लागि ब्रेविसको प्रतिनिधिले सबैसँग कुराकानी पनि गरेका थिए । तर, चेन्नईले गोप्य रूपमा थप पैसा दिने भएपछि सहमति जुटेको थियो,’ उनले भनेका छन् ।

रिप्लेसमेन्टका रूपमा कुनै टोलीमा आबद्ध हुने खेलाडीले पनि आईपीएलको नियमअनुसार, तोकिएको न्यूनतम् रकममात्र पाउने प्रावधान छ । ब्रेविसले चेन्नईबाट ६ खेल खेल्दै ३७.५० को औसतले कूल दुई सय २५ रन बनाएका थिए । उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्