१२ असार २०८३, शुक्रबार

डोको, थुन्से र ढाकर बेचेर परिवारको गुजारा

साउन ३०, २०८२
म्याग्दी
डोको, थुन्से र ढाकर बेचेर परिवारको गुजारा

 बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन् । बाँसका वस्तु बनाउन सिपालु कालीगढ  उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन् । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । 

उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन् । डोकाडाला बनाउने उहाँको जाँगर जवानको जस्तै छ । “अझै  जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने । 

विपन्न परिवारका परियारले काम नगरे  साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनले गर्वका साथ सुनाए । “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिदिए । 

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गरेका छन् ।  एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्