१० असार २०८३, बुधबार

प्रश्न उठेपछि कांग्रेसले भोलिपल्टै खारेज गर्‍यो देवेन्द्र यादवको पार्टी सदस्यता

साउन ३०, २०८२
काठमाडौं
प्रश्न उठेपछि कांग्रेसले भोलिपल्टै खारेज गर्‍यो देवेन्द्र यादवको पार्टी सदस्यता

नेपाली कांग्रेसले महोत्तरीका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । 

फौजदारी मुद्दाका अभियुक्त रहेका यादवलाई पार्टी प्रवेश गराएको भोलिपल्टै कांग्रेसले उनको सदस्यता खारेज गरेको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यादवको सदस्यता खारेज गर्दै कानूनी कारबाहीको प्रकृया सन्दर्भमा गृह प्रशासनको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् ।

'हिजो बिहीबार बिहान ९ः४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझिँदै गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रकृया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ,'  पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कानूनी कारबाहीको प्रकृया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ । निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरूसँग यस बारे गम्भीरतापूर्वक जानकारी लिइँदै गरेको समेत जानकारी गराइन्छ ।'​

कांग्रेसले बिहीबार यादवलाई पार्टीमा प्रवेश गराएपछि हत्याका फरार प्रतिवादीलाई कांग्रेसको स्वागत, सभापति देउवाले नै पार्टीमा भित्र्याए शीर्षकमा लोकान्तरले समाचार प्रकाशित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्