१० असार २०८३, बुधबार

एसईई पुनर्योगपछि पनि असन्तुष्ट विद्यार्थीले उत्तरपुस्तिका हेर्ने सक्ने, सूचना जारी

साउन ३०, २०८२
काठमाडौं
एसईई पुनर्योगपछि पनि असन्तुष्ट विद्यार्थीले उत्तरपुस्तिका हेर्ने सक्ने, सूचना जारी
फाइल तस्बिर

 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षाको नतिजा चित्त नबुझेर पुनर्योग गराएका तर त्यसमा पनि असन्तुष्ट विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने व्यवस्था मिलाउने भएको छ।

कार्यालयले शुक्रबार प्रकाशित सूचनामा पुनर्योगका लागि निवेदन दिएका विषयमध्ये नतिजामा चित्त नबुझ्ने विद्यार्थीले प्रति विषय दुई हजार रुपैयाँको दरले राजश्व खाता नं. १४२२३ मा रकम जम्मा गर्नुपर्ने उल्लेख गरेको छ।

विद्यार्थीले तोकिएको ढाँचामा निवेदन तथा कबुलियतनामा पेश गर्नुपर्नेछ। उत्तरपुस्तिका हेर्ने प्रक्रिया उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ बमोजिम विषयगत विज्ञ र अभिभावकको उपस्थितिमा सञ्चालन गरिने छ। दिन र समयको जानकारी परीक्षार्थीले निवेदनमा दिएको सम्पर्क नम्बरमार्फत उपलब्ध गराइने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्