
काठमाडौं, २५ मंसिर- सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बैंकले आ ब २०७४/७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही र दाङको बंगलाचुली गरी थप ७ वटा शाखाहरु संचालनमा ल्याएको छ ।
हाल सम्म ७ सय ४४ ओटा स्थानीय तहमध्ये ३ सय ३२ ओटामा मात्रै क वर्गको बैंक पुगीरहँदा यस बैंकको गाउँगाउँमा शाखा विस्तार गर्ने योजनाले संघीयतालाई दह्रो बनाउन अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
“योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७ औ शाखादाङको बंगलाचुली संचालनमा ल्याएको छ ।