
चितवन, २५ मंसिर– चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका माओवादी अध्यक्ष प्रचण्डलाई उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेले भेटेरै बधाई दिएका छन् । प्रचण्ड मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाण पत्र लिन पुग्दा पाण्डे पनि बधाई दिन त्यहाँ पुगेका थिए ।
प्रचण्डलाई फूलको माला र खादा ओढाएर पाण्डेले बधाइ दिए । बधाई दिँदै पाण्डेले प्रचण्डले अगाडि सार्ने विकास र समृद्धिको अभियानमा आफू पनि सँगै रहने प्रतिबद्धता पनि जनाए ।