०९ असार २०८३, मंगलबार

पोखरामा बीवाईडीको नयाँ शोरुम र बीवाईडी सिलायन ७ को शुभारम्भ

साउन ३१, २०८२
पाेखरा
पोखरामा बीवाईडीको नयाँ शोरुम र बीवाईडी सिलायन ७ को शुभारम्भ

नेपालमा बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरुम सञ्चालनमा ल्याएको छ ।

यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको मुख्य अतिथ्यतामा भएको उद्‌घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मी र बीवाईडीका प्रशंसकहरूको सहभागिता रहेको थियो ।

बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरुमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी (CI/VI) मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ ।

यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई  एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ ।​

null

शोरुमको ठीक पछाडि निर्माण भइरहेको  अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउनेछ, जसले बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रूपमा मेल खाने सुनिश्चित गर्दछ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो । नयाँ शोरुम र प्रिमियम गुणस्तरका उत्पादनहरूको शुरूआत गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै छौं । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रुपान्तरणलाई अगाडि बढाउने हाम्रो मिसनको प्रतिनिधित्व गर्छ ।’

पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरूले बीवाईडी हेडक्वार्टरका प्रतिनिधिहरूबाट तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ ।

यस विस्तारका साथै, साइमेक्सले पोखरामा आफ्नो सञ्चालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्‍याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको छ ।

null

 

salt training

कमेन्ट गर्नुहोस्