
काठमाडौं, २४ मंसिर — व्यवसाय शुरु गर्ने सही उमेर कुन हो ? यहाँ हामी ६ वर्षीय बच्चाको कुरा गर्दैछौं । रायन नामक यी बालकले युट्युब भिडियोमार्फत वर्षको १ अर्बभन्दा बढी रुपैयाँ कमाइरहेका छन् ।
रायन टोयज् रिभ्यु नामक उनको च्यानल युट्युबमा लोकप्रिय छ । रायन र उनको परिवारले चलाउने यो च्यानलमा रायन खेलौनाहरूको समीक्षा गर्छन् । फोर्ब्सले हालै युट्युबमार्फत कमाइ गर्ने शीर्ष १० सेलेब्रिटीहरू सूची जारी गरेको थियो । त्यसमा रायन एक अर्ब रुपैयाँ कमाएर नवौं स्थानमा छन् ।
जुलाई २०१५ मा युट्युबमा भिडियो हाल्न थालेका रायनले जायन्ट एग सरप्राइजको समीक्षा गरेको भिडियोले ८० करोडभन्दा बढी भ्युज पाइसकेको छ ।
रायनको युट्युब च्यानलमा एक करोड सब्स्क्राइबर छन् । विज्ञापनमार्फत नै रायनले महिनाको करीब १० करोड रुपैयाँ कमाउँछन् ।
एजेन्सी