१७ असार २०८३, बुधबार

भैरहवा र पोखरा विमानस्थल निजी क्षेत्रलाई दिने गरी ऐन बनाउँछौं : मन्त्री पाण्डे

साउन ३१, २०८२
बुटवल
भैरहवा र पोखरा विमानस्थल निजी क्षेत्रलाई दिने गरी ऐन बनाउँछौं : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न मिल्ने गरी हवाई ऐन बनाउने बताएका छन् ।

शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको विमानस्थल दिगो सञ्चालन सम्बन्धी छलफलमा बोल्दै ठूलो लगानीमा बनेको भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि निजी क्षेत्रले चाहेमा सञ्चालन गर्न दिन मिल्ने गरी ऐनमा व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

विमानस्थल सञ्चालनका लागि पर्यटन, अर्थ, परराष्ट्र, गृह, श्रम लगायत मन्त्रालयको उत्तिकै भूमिका रहने भएकाले सबै मन्त्रालयसँगको समन्वय विमानस्थल नियमित सञ्चालन गर्ने गरी छलफल अगाडि बढाइएको मन्त्री पाण्डेयले बताए ।

निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा आउन नसकेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरामा सकारात्मक ढंगबाट नीति बनाएर अगाडि बढेको उनले बताए । 'बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुने भन्ने कुरै आउँदैन, विश्वका जुनसुकै विमानस्थलमा पनि शुरूको समयमा यस्तै समस्या आएका उदाहरणहरू छन्, यसमा हामीले चिन्ता लिनुपर्ने छैन,’ मन्त्री पाण्डेले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा मन्त्रालयको तर्फबाट भारतसमक्ष प्रस्तुत गर्नुपर्ने एजेन्डामा अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति भारतले राख्ने नकारात्मक भावनाको अन्त्य र क्षेत्रीय उडानका लागि पहल गर्ने विषय समेटिएको मन्त्री पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्