१७ असार २०८३, बुधबार

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

साउन ३१, २०८२
सप्तरी
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ । कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । 

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैनभने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्