१६ असार २०८३, मंगलबार

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

भदौ १, २०८२
काठमाडौं
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

 कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आइतबार प्रकाशित गरेको सूचना अनुसार संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगितामार्फत पूर्ति गरिने भएको हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिनेछ । आवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेस्क) सिंहदरबार, काठमाडौंमा गोप्य सिलबन्दी रूपमा बुझाउनुपर्नेछ ।

मन्त्रालयले निर्धारित मिति र समयभित्र प्राप्त नभएका वा अपूर्ण दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।

यस पदको माग संख्या १ रहेको र विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moald.gov.np तथा दुग्ध विकास संस्थानको वेबसाइट www.ddc.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्