१० असार २०८३, बुधबार

हात्तीबाट धानबाली जोगाउन खुला छोडिएको विद्युतीय तारमा करेन्ट लागेर दम्पतिको निधन

भदौ १, २०८२
सप्तरी
हात्तीबाट धानबाली जोगाउन खुला छोडिएको विद्युतीय तारमा करेन्ट लागेर दम्पतिको निधन

सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । 

सोही खुला बिछ्याइएको तारमा परेर आज बिहान सरदार दम्पतीको निधन भएको हो । उनीहरू आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । 

खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्