
धनकपुरधाम, २५ मंसिर— माओवादी केन्द्रका नेता मातृका यादव धनुषा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।
उनी २६ हजार ४१४ मतसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २८१ मत ल्याएर पराजित भए ।
माओवादी केन्द्रका प्रभावशाली नेता मातृका पार्टीभित्रका इमान्दार नेताका रुपमा चिनिन्छन् ।