२४ जेठ २०८३, आइतबार

सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बा सम्मानित

भदौ २, २०८२
पर्सा
सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बा सम्मानित

सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरेको ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम २०८२’ बाट उनी सम्मानित भएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज आयोजना गरेको कार्यक्रमबीच सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र संघका अध्यक्ष हरि गौतमले रु २५ हजार, सम्मानपत्रसहित प्रहरी नायब उपरीक्षक सुब्बालाई सम्मान गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गौतमले थपलियाको योगदान र कर्मलाई चिरस्थायी बनाउन अवार्ड कार्यक्रममार्फत सुब्बालाई सम्मान गरिएको बताए ।

निजी क्षेत्र र सरकारी निकायबीच एक-आपसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।

प्रहरी नायब महानिरीक्षक ढकालले सशस्त्र प्रहरी बलले सीमा नाकाको सुरक्षाका साथसाथै विपद् व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्दै आएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एवं गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट समेत उपस्थित थिए ।​ ​

विक्रम संवत् २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत रहँदा प्रहरी उपरीक्षक थपलियाको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्