
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन् । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावका कारण गड्डाचौकी–चिसापानी खण्ड विस्तारलाई तीव्रता दिन नसकेको जनाएको छ । चालु आर्थिक वर्षमा गड्डाचौकी–चिसापानी सडक खण्ड १२६ किलोमिटर विस्तार तथा मर्मत्का लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।
सडक डिभिजन महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बजेट अभावका कारण सडक विस्तार ढिलो भएको बताए ।