२४ जेठ २०८३, आइतबार

छोरीसँगै मेडिकल प्रवेशमा सफल ४९ वर्षीया आमा अमुथावल्ली

भदौ २, २०८२
काठमाडौं
छोरीसँगै मेडिकल प्रवेशमा सफल ४९ वर्षीया आमा अमुथावल्ली

काठमाडौं । भारतको तमिलनाडु राज्यकी ४९ वर्षीया अमुथावल्ली मनिवन्ननले छोरीसँगै एमबीबीएस प्रवेश परीक्षामा सफलता हासिल गरेकी छन्। जीवनभर संघर्ष गर्दै आएकी उनले अब आफ्नो पुरानो सपना पूरा गर्ने अवसर पाएकी हुन्।

दलित समुदायकी अमुथावल्ली सानैदेखि पोलियोका कारण अपाङ्गता बोकेकी थिइन्। ११ वर्षको उमेरमै पिताको निधन भएसँगै उनले कठिन जीवन व्यतित गर्नुपर्‍यो। उनी डाक्टर बन्न चाहन्थिन् तर विद्यालय तहमा पर्याप्त अंक ल्याउन नसकेपछि फिजियोथेरापी रोजेकी थिइन्।

गत वर्ष उनले आफ्नी छोरी संयुक्तालाई राष्ट्रिय मेडिकल प्रवेश परीक्षाको तयारी गराइन्। त्यही क्रममा आमाले पनि परीक्षा दिने निर्णय गरिन्। निरन्तर मेहनतपछि आमा–छोरी दुवै जना परीक्षामा सफल भएका हुन्।

अमुथावल्लीले भनिन्, “मेरी आमा म डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो। त्यो सपना पूरा गर्न मलाई मेरी छोरीले सघाइन्।” उनले थपिन्, “मलाई भौतिकशास्त्र कठिन लाग्यो तर जीवशास्त्रमा सजिलो भयो। मेरी छोरीले सही विकल्प छान्ने तरिका सिकाइन्।”

भारतमा डाक्टर बन्न निकै प्रतिस्पर्धा छ। उपलब्ध १ लाख २० हजार सिटका लागि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्छन्। त्यसमध्ये आधा मात्र सरकारी निकायमा हुन्छन्। यस्तो कठिन परीक्षामा सफल भएसँगै अमुथावल्लीले आफ्नै गृहराज्यको सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकी छन्।

उनका पति मनिवन्ननले घरायसी काममा साथ दिँदै पत्नी र छोरीको पढाइमा सहयोग गरेका छन्। उनले भने, “अस्पतालमै काम गरे पनि डाक्टर हुन नपाएकोमा उनी सधैँ अलिकति दु:खी हुन्थिन्, तर छोरीको सहयोगले आज उनले आफ्नो सपना पूरा गरिन्।”

अब आमाछोरी दुवै मेडिकल अध्ययनमा लाग्ने भएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्