काठमाडौं, ७ माघ — अमेरिकाको राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रवार राति शपथ लिँदैछन् । अमेरिकाको सबभन्दा पाका राष्ट्रपतिका रूपमा ट्रम्प सत्तासीन हुँदैछन् ।

सन् २०१६ को निर्वाचन अभियानमा ट्रम्पप्रति मिडियाले धेरै चासो राख्यो । राष्ट्रपति पदका दुवै उम्मेदवारले एकअर्काप्रति तल्लो किसिमको टिप्पणी गरेर निर्वाचन अभियान नै धमिल्याए ।
तर ट्रम्प नै सामाजिक सञ्जाल, टिभी, रेडियो र अन्य माध्यममै छाए । अब संसारले उनलाई शपथग्रहण समारोहमा हेर्नेछन् ।
शपथग्रहण समारोहमा धेरै कलाकारहरूले शो गर्नेछन् । बाराक ओबामा राष्ट्रपति हुँदा एकखाले कलाकारले शो दिएका थिए भने ट्रम्पको शपथग्रहणमा पनि कलाकार आउने भएका छन् ।
कलाकारहरूले शपथग्रहण समारोह रमाइलो बनाउने अपेक्षा गरिएको छ ।
ओबामाको शपथग्रहणमा यी कलाकारले पर्फर्म गरेका थिए : बियोन्से, ब्रुस स्प्रिङस्टीन, यु २, जेम्स टेलर, जोन लेजेन्ड, शाकिरा, स्टिभी वन्डर, अशर, हर्बी ह्यानकक, मेरी जे ब्लाइगे, जोन बोन जोभी, बेत्ये लाभेत, गार्थ ब्रूक्स, शेरिल क्रो, विल आई एम, जोन मेलेनक्याम्प
ट्रम्पको शपथग्रहणमा यी कलाकारले पर्फर्म गर्नेछन् : टोबी कीथ, ३ डूर्स डाउन, ली ग्रीनवूड, द फ्रन्टमेन अफ कन्ट्री, द पियानो गाइज, डिजे रवि ड्रम्स, स्याम मूर, क्रिसेट मिशेल, ज्याकी इभान्चो, बिग एन्ड रिच, टोन ओर्लान्डो
एजेन्सी