०८ साउन २०८३, शुक्रबार

रुस-युक्रेन युद्धविरामबारे जेलेन्स्की र युरोपेली नेतासँग ट्रम्पको भेटवार्तामा के-के भयो ?

भदौ ३, २०८२
काठमाडौं
रुस-युक्रेन युद्धविरामबारे जेलेन्स्की र युरोपेली नेतासँग ट्रम्पको भेटवार्तामा के-के भयो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् । वार्तामा रुस र युक्रेनबीच युद्धविरामबारे छलफल एको थियो तर, कुनै सहमति भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रुस-युक्रेनबीच साढे तीन वर्ष लामो युद्ध अन्त्य गर्ने तरिका खोज्ने लक्ष्यका साथ भएको बैठकले केही महत्वपूर्ण निर्णय भने गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की बीचको बैठकको व्यवस्था गर्न थालेका छन् । त्यो द्विपक्षीय बैठकपछि त्रिपक्षीय बैठकमा काम गर्ने उनले बताए । जेलेन्स्की ले पनि बिनाशर्त पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । तर, बैठक कहाँ र कहिले हुने निरश्चति भएको छैन । 

जेलेन्स्कीले छलफलमा देशको सुरक्षा ग्यारेन्टीको एक भागको रूपमा युरोपेली कोषमार्फत युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने योजना समावेश रहेको बताएका छन् ।  ग्यारेन्टीको अर्को भागमा युक्रेनले ड्रोन उत्पादन गर्ने समावेश हुनेछ, जसमध्ये केही अमेरिकाले खरिद गर्नेछ । यो छलफलमा छ र कुनै औपचारिक सम्झौता भएको छैन । सम्झौता अर्को हप्ता वा १० दिनमा औपचारिक रूपमा हुनेछ ।

जेलेन्स्कीले युक्रेनमा रूसी-कब्जा गरिएका क्षेत्रहरू देखाउँदै ओभल अफिसमा प्रदर्शित नक्साबारे ट्रम्पसँग लामो छलफल गरेका थिए। यद्यपि, युक्रेनी क्षेत्रको पुन: रेखांकनबारे छलफल गरिएको थिएन । 

फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबले सीएनएनलाई बताएअनुसार युरोपेली नेताहरूसँऊ छलफलकै क्रममा ट्रम्पले पुटिनसँग फोनवार्ता गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्