
हमासले गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ ।
प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको बीबीसीले जनाएको छ ।
इजिप्ट र कतारको यो प्रस्ताव गत जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको माचारमा उल्लेख छ ।
योजनाअनुसार, पहिले ६० दिनको युद्धविराम लागू गरिनेछ । यसपछि, हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ । यीमध्ये २० जना जीवित हुने अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविराममा वार्ता अगाडि बढ्नेछ।
यद्यपि, इजरायलको प्रतिक्रिया अझै आएको छैन ।
गत हप्ता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिए मात्र देशले कुनै पनि सम्झौता स्वीकार गर्ने बताएका थिए ।