२८ जेठ २०८३, बिहीबार

विश्वप्रख्यात जिली एक्स५ र जेवाई एयर नाडामा सार्वजनिक

भदौ ३, २०८२
काठमाडौं
विश्वप्रख्यात जिली एक्स५ र जेवाई एयर नाडामा सार्वजनिक

विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड जिली एक्स५ र जेवाई एयरका गाडी मंगलबारदेखि शुरू भएको नाडाको उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएसँगै जिली एक्स ५ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधा र आकर्षक छुटसहित नेपाली उपभोक्ताका लागि आजदेखि टेस्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् ।

ड्रिम स्मार्ट चाइनको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली एक्स५  भित्राएको हो भने एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालका लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।

यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताका लागि विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकले आकर्षक जिली एक्स५ म्याक्स ६४.९९ लाखमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा ३ लाख रूपैयाँभन्दा कम हो । 

त्यस्तै, स्टाइलिस जिली एक्स५ म्याक्स प्रो ५४.९९ लाखमा उपलब्ध छ, जबकि यसको वास्तविक मूल्य ५८ लाख रूपैयाँ कायम भएको थियो ।

null

त्यसैगरी, जेवाई एअरका प्रिमियम मोडमा पनि आकर्षक छुट योजना ल्याइएको छ । शुरूमा ६८ लाखको मूल्य रहेको जेवाई एअर अल्ट्रा अहिले ६४.९९ लाखमा उपलब्ध छ भने शुरूमा ५४ लाख मूल्य भएको जेवाई एअरलाई ४९.९९ लाखमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रूची राख्ने नेपाली उपभोक्तामाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको जनाएको छ ।

यसैगरी, एलआरआर मोटर्सले जिली एक्स५ र जेवाई एअर दुवै मोडल खरिद गर्ने ग्राहकका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रोम्याक्स वा एक तोला सुन, वा १ लाख ८० हजारसम्मको नगद छुटमध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् । 

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्