
काठमाडौं, २६ मंसिर गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचन अन्तर्गतको प्रतिनिधिसभा तर्फ अब मात्रै ६ स्थानको नतिजा आउन बाँकी रहेको छ ।
अब कैलाली २, स्याङ्जा १ स्याङ्जा २ सुनसरी ३ को नतिजा आउन बाँकी छ, जहाँ एमालेको अग्रता रहेको छ |
यस्तै सर्लाही ४ र कैलाली १ को पनि नतिजा आउन बाँकी रहेको छ । जहाँ राजपाको अग्रता रहेको छ ।
हालसम्म १५९ क्षेत्रको नतिजा आउँदा एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७७ स्थानमा जीत हासिल गर्दा माओवादीले ३६ स्थानमा जीत हासिल गरेको छ । एमाले र माओवादीको गठबन्धन रहेको थियो ।
यस्तै कांग्रेसले २१, राजपाले १०, संघीय समाजवादी फोरमले १० स्थानमा जित्दा अन्य साना दलले ५ स्थानमा जीत हासिल गरेका छन् ।