१२ असार २०८३, शुक्रबार

भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ

भदौ ४, २०८२
काठमाडौं
भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ

डडेल्धुराको आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजालीलाई भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
 
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा मंगलबार साँझ उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

साथै, प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ । 

प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्