![‘गलबन्दी चिनो’ सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/galbandi_P0Dux0INUx.jpeg)
‘गलबन्दी चिनो’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहीबार सार्वजनिक भएको हो । शब्द गायिका पाल्मु शेर्पाको संगीत प्रकाश लामाको रहेको छ ।
गीतको म्युजिक भिडियोमा अभिनेत्रीको रूपमा दावा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा रहेका छन् । गायिका पाल्मु शेर्पाले यसअघि बजारमा दर्जनौं गीत र म्युजिक भिडियो ल्याइसकेकी छन् ।
शेर्पायसअघि दार ठेकीको, नच्देउ मैच्याङ रिमिक्स भर्जन शम्भुजित बास्कोटसँग, दरो धर्म सत्या सिडि विजय अधिकारीसँग, त्यसैगरी हिमालकी छोरी, माकलु शेर्पा गाउँ, लसे दौँतरी, मोहित पर्ने अस्मान लोप्चनसँग, ल्होसर टाशिदेलेक, त्यो माथी डाडैमाष् र सिरिरी हावा चल्योलगायत शेर्पा तथा नेपाली भाषामा गाएका गीतहरू सार्वजनिक भइसकेका छन् ।
यसैगरी गायक आङ छिरी शेर्पाको यसअघि पहिलो गीत के सारो मात्तिएको त्यसपछि आधा मन तिमीसँग अङ्गला छिरी शेर्पा र प्रवीषा अधिकारीको आवाजमा रहेको छ भने घिन घिन मादल मिलन नेवारसँग मिलेर गाएका छन् । त्यस्तै गरी गल्बन्धी चिनो पाल्मु शेर्पासँग हालै रिलिज भएको छ । अङ्ला छिरी शेर्पा कलाकार संघको संरक्षक छन् ।
भिडियो