२८ जेठ २०८३, बिहीबार

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

भदौ ६, २०८२
काठमाडौं
दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरीको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय बिघा जग्गाको धानखेती बाढीको पानीले डुबाएको छ । जलेश्वर–८ को उत्तरपट्टीको वन (नर्रीचौरी) हुँदै पसेको बाढीले नर्रीचौरीका धानखेती डुबाउँदै पूर्वावारी चौरी, दक्षिणवारीचौरी, झरहीचौरी र पछियारीचौरीका केही खेतका धान नष्ट गरेको वडाध्यक्ष विजयकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार वडा नं ८ अन्तर्गत पर्ने रतवारा, रमौल र बजराही गाउँमध्ये सबैभन्दा बढी बजराही गाउँमा करिब एक सय ७० बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्