२९ जेठ २०८३, शुक्रबार

वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

भदौ ६, २०८२
काठमाडौं
वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

 वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । 

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

यसैगरी वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-बागझुरामा गिट्टी बालुवासहित भलपानी झर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । अवरुद्ध दुवै सडकबाट पहिरो पन्छाउन सडक विभागसँगको पहलमा प्रयास भइरहेको उनले बताए । 

कमेन्ट गर्नुहोस्