२३ असार २०८३, मंगलबार

उत्तर कोरियाले क्रिसमसमा अर्को क्षेप्यास्त्र परीक्षण गर्न सक्ने

मंसिर २६, २०७४
उत्तर कोरियाले क्रिसमसमा अर्को क्षेप्यास्त्र परीक्षण गर्न सक्ने

काठमाडौं, २६ मंसिर — उत्तर कोरियाका शासक किम जोङ–उनले पाएक्तु पर्वतको भ्रमण गरेपछि अर्को क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको आशंका गरिएको छ । 

उत्तरको सरकारी सञ्चारमाध्यममा किमले सक्रिय ज्वालामुखी पर्वतमा शुक्रवार भ्रमण गरेको उल्लेख छ । यो पर्वतमा उत्तरका नेताहरूले महत्त्वपूर्ण निर्णय लिने गर्छन् । 

आणविक परीक्षण स्थलमा ताजा गतिविधि भइरहेको स्याटेलाइट इमेजहरूले देखाएका छन् । त्यतिबेलै किमको भ्रमण भएको छ । 

सन् २०१३ को नोभेम्बरमा किमले सहयोगीहरूका साथ उक्त पर्वतको भ्रमण गरेका थिए । आफ्ना काका र राजनीतिक अभिभावक जाङ सोङ–थाएकलगयातका उच्च अधिकारीलाई मृत्युदण्ड दिनुभन्दा एक महिनाअघि उनी त्यहाँ पुगेका थिए । 

त्यसैले किमले सम्भवतः क्रिसमसका बेलामा क्षेप्यास्त्र परीक्षण गराउनसक्ने अनुमान पश्चिमा सञ्चारमाध्यमहरूले गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्