२८ जेठ २०८३, बिहीबार

पहिरोले अवरुद्ध बनेको त्रिभुवन राजपथ सञ्चालन

भदौ ७, २०८२
मकवानपुर
पहिरोले अवरुद्ध बनेको त्रिभुवन राजपथ सञ्चालन

त्रिभुवन राजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ । ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटाैँडा-काठमाडौँ खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्