०७ असार २०८३, आइतबार

अस्पताल भर्ना भए श्रीलङ्काका पूर्वराष्ट्रपति

भदौ ७, २०८२
काठमाडौं
अस्पताल भर्ना भए श्रीलङ्काका पूर्वराष्ट्रपति

कोलम्बो । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले सघन उपचार कक्षमा भर्ना गरिएको बताए । 

विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । 

कमेन्ट गर्नुहोस्