०७ असार २०८३, आइतबार

टेकु दोभानमा पौडी खेल्ने क्रममा बालक बेपत्ता​​

भदौ ८, २०८२
काठमाडौं
टेकु दोभानमा पौडी खेल्ने क्रममा बालक बेपत्ता​​

काठमाडौं महानगरपालिका–१२ टेकु दोभानस्थित वंशिघाट बागमती नदीमा पौडी खेल्ने क्रममा १ बालक बेपत्ता भएका छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी परिचालन गरिएको  सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा शनिबार दिउँसो बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजीकार्यमा परिचालित भएको छ ।

कमेन्ट गर्नुहोस्