३२ असार २०८३, बिहीबार

खानेपानीमन्त्री यादव र स्वास्थ्यमन्त्री पौडेलबीच छलफल​

भदौ ८, २०८२
काठमाडौं
खानेपानीमन्त्री यादव र स्वास्थ्यमन्त्री पौडेलबीच छलफल​

खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबीच वीरगन्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।

मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी वीरगन्जमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा छलफल गरेका खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले बताए ।

उक्त छलफलमा वीरगन्जका प्रभावित क्षेत्रमा कोलेरा कीट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने सहमति भएको उनले बताए ।

उनले भने, 'हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय तहबीच समन्वय गरी आवश्यक कदम चाल्ने सहमति भएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलमा देखा परेको हैजा सङ्क्रमण नियन्त्रण गर्न मन्त्रालयले सक्दो प्रयास गरिरहेको सहसचिव श्रेष्ठले बताए ।

उनले भने, 'वीरगन्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्णरूपमा सक्रिय छौं । यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य छ ।'

salt training

कमेन्ट गर्नुहोस्