
लुम्बिनी प्रदेश सरकारले हरितालिका तीज पर्वको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित सूचनाअनुसार तीजका अवसरमा भोलि प्रदेशभर बिदा हुने भएको हो ।
तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालले बताए ।
