
काठमाडौं, २६ मंसिर — स्टाइल र कम्फर्टका लागि जीन्स सबभन्दा गजबको कपडा हो । क्याजुअल र फर्मल सबै अवसरमा जीन्स लगाउन मिल्छ । जीन्स लगाउने महिलाको व्यक्तित्व अलग्गै देखिन्छ । त्यसैले त आजकल महिलाहरू जीन्समा खुबै सजिन्छन् ।
जीन्समा विभिन्न स्टाइल भेटिन्छन् । तिनलाई तपाईंले शरीरको आकारअनुसार लगाउन सक्नुहुन्छ । जीन्सका कुनै ट्रेन्ड फेशनमा एभरग्रीन छन् भने कुनै स्टाइल चाहिँ आउट र इन भइरहन्छन् ।
आजकल बोहेमियन लूक भएको फ्लेयर्ड जीन्स फेशनमा छ । यसलाई रेट्रो स्टाइल जीन्स भनिन्छ । तपाईं पनि फेशनेबल देखिन चाहनुहुन्छ भने फ्लेयर्ड जीन्स लगाउनुस् ।
फ्लेयर्ड जीन्स घुँडासम्म फिट अनि तलपट्टि चाहिँ खुल्ला बेली बटम स्टाइलमा हुन्छ ।
फ्लेयर्ड जीन्स आजकल बलिउड अभिनेत्रीहरूले पनि लगाइरहेका छन् । डेनिम जीन्सबाहेक अन्य फेब्रिकमा पनि फ्लेयर्ड पेन्ट ट्राई गर्न सक्नुहुन्छ । फ्लेयर्डमा प्याचवर्क, कलरफुल इम्ब्रोइडरी वर्क, पोल्का वा स्ट्रइप स्टाइल छान्न
सक्नुहुन्छ ।
फ्लेयर्ड जीन्स लगाउँदा लूज नभई फिट टप लगाउनुस् ।
स्पोर्टी देखिन चाहनुहुन्छ भने कलरफुल प्लेटफर्म शूज लगाउनुस् ।
एजेन्सी