
काठमाडौं, २६ मंसिर- समानुपातिक तर्फ कास्की क्षेत्र नम्बर ३ को मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फ वामपन्थी गठबन्धनले क्लीन स्वीप गरेको कास्की जिल्लाको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । समानुपातिक तर्फ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली काँग्रेसले २९ हजार ७ सय ७७ मत प्राप्त गरेको छ ।
समानुपातिक तर्फ दोस्रो भएको दल नेकपा एमालेले २८ हजार २ सय ४० मत प्राप्त गरेको छ भने वामपन्थी गठबन्नको अर्को प्रमख दल नेकपा माओवादी केन्द्रलगायत गोलाकार भित्र हँसिया हथौडाले ४ हजार ४ सय ४६ मत प्राप्त भएको छ । गठबन्धनको हिसाबले हेर्दा भने वामपन्थी गठबन्धन नै पहिलो बनेको छ । सुर्य चिन्ह र गोलाकारभित्रको हँसिया हथौडामा खसेको मत जोड्दा भने ३२ हजार ६ सय ८६ मत हुन आउँछ ।
कास्की क्षेत्र नम्बर १ मा कूल ६१ हजार ४ ८ सय ४३ मत खसेको थियो । जसमध्ये २ हजार ६ सय ४१ मत बदर भएको थियो । सो क्षेत्रमा राप्रपाले ९ सय ३८, संघीय समाजवादी फोरमले ३ सय ४ मत प्राप्त गरेका छन् । अन्य दलहरुले अत्यन्तै थोरै मत ल्याएका छन । प्रतिनिधिसभाका लागि देशभरीका १ सय ६५ ओटा निर्वाचन क्षेत्रमध्ये बाँकी १ सय ६४ निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।