
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले सोमबार निर्वाचन कार्यक्रम प्रकाशित गरी मंगलबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेका हुन् ।
भदौ ११ गते बुधबार अपरान्ह बस्ने बैठकमा सभापति निर्वाचन हुनेछ । संघीय निजामती विधेयकको कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समिति नेतृत्वविहीन छ ।
समितिको सभापति कांग्रेसले लिनेबारे सत्ता गठबन्धनमा समझदारी छ ।
