२३ जेठ २०८३, शनिबार

मस्कका दुई कम्पनीले एप्पल र ओपनएआईविरुद्ध किन मुद्दा दायर गरे ?

भदौ १०, २०८२
काठमाडौं
मस्कका दुई कम्पनीले एप्पल र ओपनएआईविरुद्ध किन मुद्दा दायर गरे ?

अमेरिकी उद्योगपति एलोन मस्कका दुई कम्पनीहरूले आधिकारिक रूपमा एप्पल र ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन् ।

उनीहरूले एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीहरूबाट हुने खतरालाई रोक्न अवैध गठबन्धन बनाएको आरोप लगाएका हुन् । 

एक्स र एक्सएआईले एप्पलको कदमविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका हुन्, जसअन्तर्गत यसले ओपनएआईको च्याटबटलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गरेको छ । एक्सले यो प्रतिस्पर्धा नियमहरूको उल्लङ्घन भएको बताएको छ । 

एक्सका मालिक मस्कले यस महिनाको शुरूमा दुई ठूला कम्पनीहरूविरुद्ध यस्तै उजुरी दायर गरेका थिए ।

एप्पलले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्