
गायक प्रेम सेन र सुनिता थेगिमको आवाजमा नयाँ गीत ‘म्याङ्लुङ बजार’ सार्वजनिक गरिएको छ ।प्रेमभावले भरिएको गीतमा प्रेमकै शब्द तथा संगीत रहेको छ ।
गीतमा तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै माया प्रेम दर्साइएको छ ।
गायक सेन र गायिका थेगिम स्वयं फिचर्ड भएको गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।
गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।
भिडियो :