
कपिलवस्तुमा धमौली अघिया खोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका- ९ चमरसठस्थित धमौली अघिया खोलामा डुबेर वाणगङ्गा नगरपालिका- ७ मोतीपुर बस्ने मनकुमारी विककी छोरी १० वर्षीया मनीषा विकको मंगलबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।