०१ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा स्ववियु सभापति बस्नेतसहित २ जनाको मृत्यु

भदौ ११, २०८२
काठमाडौं
मोटरसाइकल दुर्घटनामा स्ववियु सभापति बस्नेतसहित २ जनाको मृत्यु

 दोलखाको गौरिशंकर क्याम्पसका स्ववियू सभापति शिरिष बस्नेतको मृत्यु भएको छ । 

मङ्गलबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको हो । जिल्लाको भीमेश्वर नगरपालिका ६ रमितेस्थित सडकमा  उनी सवार मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 
 
सोही दुर्घटनामा परेर बैतेश्वर गाउँपालिका– ३ का सुजन दाहालको पनि मृत्यु भएको छ । राति करिब ९ बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा बस्नेत र दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्