
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव डा. राजेद्रप्रसाद मिश्रबीच कार्यसम्पादन सम्झौता भएको छ ।
उनीहरूबीच चालु आर्थिक वर्षका लागि आज कार्यसम्पादन सम्झौता भएको हो ।
यसैगरी आजै सचिव मिश्र र मन्त्रालयका महाशाखा प्रमुख तथा विभागीय प्रमुखबीच पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।