१७ असार २०८३, बुधबार

रास्वपा नेता अरनिको पाँडे साइबर अपराध अभियोगमा प्रहरी नियन्त्रणमा

भदौ ११, २०८२
काठमाडौं
रास्वपा नेता अरनिको पाँडे साइबर अपराध अभियोगमा प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध दर्ता भएको साइबर अपराधसम्बन्धी उजुरीको आधारमा पक्राउ गरिएको हो ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै पाँडेविरुद्ध जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि पाँडे बुधबार आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए ।  पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइनेछ । 

salt training

कमेन्ट गर्नुहोस्