२७ जेठ २०८३, बुधबार

महिलालाई सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेका थिए पाँडेले

भदौ ११, २०८२
काठमाडौं
महिलालाई सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेका थिए पाँडेले

बुधवार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेले एक महिलालाई सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेको आरोप लागेको छ । आफूलाई पाण्डेले सामाजिक सञ्जालमार्फत चरित्रहत्या हुने गरी गालीगलौज गरेको भन्दै ती महिलाले उजुरी दिएको साइबर ब्युरोका एक अधिकारीले जानकारी दिए । 

उक्त उजुरी परेपछि ब्युरोले उनलाई छलफलका लागि  भोटाहिटीको कार्यालयमा बोलाएर नियन्त्रणमा लिएको हो । उनलाई बुधवार राति ब्युरोकै हिरासतमा राखिएको छ । 

पाण्डेले विगतदेखि केही समयदेखि नै ती महिलालाई सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्ने गरेको बताइएको छ । के विषयमा गालीगलौज गरेको भन्नेबारेचाहिँ प्रहरीले विस्तृतमा खुलाएको छैन । 

ब्युरोका प्रवक्ता एवं एसपी दीपक अवस्थीले पाण्डेलाई विद्युतीय अपराध कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जानकारी दिए । उनलाई बिहीबार अदालतमा म्याद थपका लागि उपस्थित गराइने प्रहरीको भनाइ छ । 

बुधवार नै ब्युरोले एमाले नेता ऐन महरालाई समेत साइबर अपराधमै नियन्त्रणमा लिएको थियो । तर, उनी भने हाजिर जमानीमा रिहा भइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्