१७ असार २०८३, बुधबार

मनाङमा पनि कात्तिक १७ गते उपचुनाव

भदौ १३, २०८२
काठमाडौं
मनाङमा पनि कात्तिक १७ गते उपचुनाव

राजीव गुरुङ (दीपक मनाङे)को सांसद पद गएपछि रिक्त मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ सँगै मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

२०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी मनाङे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए ।

चक्रे मिलनमाथि तरबार प्रहारसम्बन्धी मुद्दामा सर्वोच्चले ५ वर्ष कैदको सजाय सदर गरेपछि मनाङेको सांसद पद गएको थियो ।

सर्वोच्चले मनाङेले सजाय भुक्तान गरेको ६ वर्षसम्म पनि उम्मेदवार हुन नपाउने फैसला समेत गरेको छ ।

रुपन्देही ३ मा भने सांसद दीपक बोहराको निधन भएपछि उपचुनाव हुन लागेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्