१० असार २०८३, बुधबार

सुनसरी ३ को पछिल्लो नतिजा : सेफ जोनमा गच्छदार

मंसिर २७, २०७४
सुनसरी ३ को पछिल्लो नतिजा : सेफ जोनमा गच्छदार

सुनसरी, २७ मंसिर– प्रदेश र प्रतिनिसभा निर्वाचनको अन्तिम परिणाम आउन बाँकी सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र वाम गठवन्धनकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ । 

मतगणनादेखि नै अग्रता लिइरहेकी वाम गठवन्धनकी चौधरी अहिले भने कांग्रेसका गच्छदारभन्दा ५ सय २५ मतले पछाडि परेकी छन् । 

कांग्रेस उम्मेदवार गच्छदारले मंगलवार राति १२ बजेदेखि अग्रता हासिल गरेका थिए । 

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३७ हजार ५७५ मत पाएका छन् ।  एमालेकी उमेदवार भगवती चौधरीको ३७ हजार ५० मत प्राप्त गरेकी छन् ।
यो क्षेत्रमा १ लाख ९ हजार मतदाता रहेकोमा अहिलेसम्म अहिलेसम्म ८१ हजार ७ सय १७ मत गणना भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्