भारतीय नेसनल डिफेन्स कलेजमा अध्ययनरत विभिन्न राष्ट्रका विद्यार्थी र प्राध्यापकहरू सम्मिलित भ्रमण टोली नेपाल आएको छ । टोलीले अध्ययन भ्रमणको क्रममा नेपाली सेनाको जंगी अड्डा पनि अवलोकन गरेको हो ।
भ्रमणका क्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय नेसनल डिफेन्स कलेजकी एडिसनल सेक्रेटरी रेखा यादवबीच शिष्टाचार भेट भएको नेपाली सेनाले जनाएको छ।
शिष्टाचार भेटपछि टोलीलाई नेपाली सेनाबारे जानकारी गराइएको थियो ।
नेबरहुड स्टडी टुर कार्यक्रमअन्तर्गत नेपाल आएको टोलीले काठमाडौंसहित देशका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्नेछ।
यस किसिमका अध्ययन भ्रमणहरूले दुवै देशबीचको सैनिक सम्बन्ध अझ मजबुत बनाउने सेनाले विश्वास लिएको छ ।