![निजी विद्यालयले काठमाडौंको चक्रपथमा निकाले ‘स्कुल बस र्याली’, चोकचोकमा ट्राफिक जाम [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/private_school_kathmandu_bus__8_lmQpZCvJdC.jpg)
निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको हो । स्कुल बसको लाइनले चक्रपथका चोक चोकमा ट्राफिक जाम भएको छ ।
विद्यालय शिक्षा विधेयकबाट 'पूर्ण छात्रवृत्ति' र 'क्रमश: गैरनाफामूलक बनाउने' भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।



