०१ साउन २०८३, शुक्रबार

पुटिनसँग भेटेपछि मोदीले लेखे– हाम्रो रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ

भदौ १६, २०८२
काठमाडौं
पुटिनसँग भेटेपछि मोदीले लेखे– हाम्रो रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

उत्तरी चीनको तियान्जिनमा जारी सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका क्रममा सोमबार दिउँसो मोदी र पुटिनबीच भेटवार्ता भएको हो । 

भेटपछि तस्वीर सामाजिक सञ्जाल एक्समा राख्दै मोदीले पुटिनसँग उत्कृष्ट भेटघाट भएको उल्लेख गरेका छन् । 

उनले भेटमा व्यापार, अन्तरिक्ष, सुरक्षा र संस्कृतिसहित सबै क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउनेबारे छलफल भएको जानकारी दिएका छन् । 

null

'राष्ट्रपति पुटिनसँग उत्कृष्ट भेटघाट भयो । व्यापार, अन्तरिक्ष, सुरक्षा र संस्कृतिसहित सबै क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउने तरिकाहरूमा छलफल गरियो,' मोदीले लेखेका छन् 'हामीले युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधान सहित क्षेत्रीय र विश्वव्यापी विकासहरूमा विचार आदानप्रदान गर्यौं । हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ बनेको छ।'

null


 

salt training

कमेन्ट गर्नुहोस्