०१ असार २०८३, सोमबार

प्रेमिकालाई प्रपोज गर्नका लागि गरे खतरनाक स्टन्ट, गयो ज्यान (भिडियोसहित)

मंसिर २७, २०७४
प्रेमिकालाई प्रपोज गर्नका लागि गरे खतरनाक स्टन्ट, गयो ज्यान (भिडियोसहित)

काठमाडौं — आजकल संसारभरि अग्ला भवनमा चढेर स्टन्ट गर्नेहरूको संख्या बढ्दो छ । 

चीनको सामाजिक सञ्जाल वीबोका स्टार वू योन्गिंगले हालै ६२ तल्ले भवनको टुप्पोमा स्टन्ट गर्ने हुँदा ज्यान गुमाएका छन् । वूले कुनै सुरक्षा उपकरण नलिइकनै अग्लो भवनमा स्टन्ट गरेको छोटो भिडियो वीबोमा राखेर लाखौं फलोअर्स बनाएका थिए । 

वूका परिवारका मान्छेले बताएअनुसार, वू रुफटपिङ च्यालेन्जमा भाग लिएर एक लाख युआन कमाउन चाहन्थे । अनि उनी आफ्नी प्रेमिकालाई बिहेका लागि प्रपोज गर्न चाहन्थे । 

वूका अर्का एक नातेदारले वूलाई बिहे गर्न र आफ्नी बिरामी आमाको उपचारका लागि पनि पैसा चाहिएको बताए । 

वूले यसै वर्षदेखि स्टन्ट भिडियो पोस्ट गर्न शुरु गरेका थिए र अहिलेसम्म उनले ३०० छोटा भिडियो शेयर गरिसकेका छन् । वूले नोभेम्बरदेखि कुनै भिडियो पोस्ट गरेका थिएनन् । उनका प्रशंसकहरू चिन्तित भएका थिए । 

वूकी प्रेमिका जी जीले सामाजिक सञ्जालमा वूको मृत्यु ६२ तल्ले हुआयुआन हुआ भवनबाट खसेर भएको जानकारी दिइन् । पेकिङ न्युनको समाचार अनुसार, चिनियाँ लाइभ स्ट्रीमिङ साइट भोल्केनोमा एक फूटेजमा वूलाई भवनबाट लडिरहेको देखिएको थियो । त्यसपछि वू एउटा रडमा अड्किएको देखिन्थ्यो । 

वू आफैं खतरनाक स्टन्ट गर्ने भएपनि फ्यानहरूलाई चाहिँ उनी यस्ता स्टन्ट नगर्ने सल्लाह दिइरहन्थे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्