०९ असार २०८३, मंगलबार

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

भदौ १७, २०८२
सोलुखुम्बु
सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर बगाएको छ भने ६ घरमा आंशिक क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत् जनाएको छ । 

बाढीपीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार गत वर्षको साउन ३२ गते थामे खोलामा आएको बाढीले जोखिममा पारेको घर नै बगाएको हो । गाउँपालिकाको प्राविधिक टोली थामेतर्फ पठाइसकेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुमा सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्