१० असार २०८३, बुधबार

भेप तस्करीमा भरिया मात्रै पक्राउ

भदौ १७, २०८२
काठमाडौं
भेप तस्करीमा भरिया मात्रै पक्राउ

राजस्व विभागको तथ्याङ्कमा यस वर्ष भेप (विद्युतीय चुरोट) आयात भएको छैन । आयात इजाजत नभएको त्यही भेप आजभोलि देशका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद भइरहेको छ ।

  आइतबार मात्र प्रहरीले काठमाडौँको चमतीबाट तीन हजार ८०५ थान भेपसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका निमा छिरिङ शेर्पा, कृष्णबहादुर गुरुङ, रामबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । राजस्व छली गरी भण्डारण गरिएका ती भेप बरामद भएका हुन् ।  

स्कुल कलेजका विद्यार्थीले नै भेपको लतमा फस्दै गएको देखिएपछि जनस्वास्थ्यमा नै गम्भीर असर पर्ने कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले भेपको कारोबार र ओसारपसारमै प्रतिबन्ध लगाउन माग गर्दै आएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्